Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिकोणात्मक टी–२० शृङ्खला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० शृङ्खला : नेपालद्वारा थाइल्याण्डलाई १०२ रनको लक्ष्य

शनिवार , माघ १९, २०८१

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज थाइल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी हुन्।  यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग २० रनले पराजित भएको थियो।

थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो।

नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो। नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए ।

कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन्।

फनिता मया र नताया बूचाथामले २/२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन्। नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077