Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डिभोर्सबारे एलिना चौहान भन्छिन् - व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनुहोला

डिभोर्सबारे एलिना चौहान भन्छिन् - व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउनुहोला

शनिवार , माघ १९, २०८१

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो सम्बन्धविच्छेदका बारेमा मुख खोलेकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले व्यक्तिगत कुरालाई मजाकको विषय नबनाउन आग्रह गरेकी हुन् । गायिका चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेदका लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएकी थिइन् ।

फेसबुक लाइभमा आउँदै गायिका चौहानले दुवै पक्षको छलफल र सहमतिमा सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाइएको बताइन् ।

यस क्रममा उनले आफ्ना पति सापकोटालाई गाली नगर्न आफ्ना फ्यानहरूलाई अनुरोध पनि गरेकी छन्। यस क्रममा गायिका एलिनाले नेपालका सबै छोरीले आफ्नाजस्तै बुवाआमा पाउन् भन्ने कामना पनि गरेकी छन्।

उनले भनेकी छन्, ‘मेरोजस्तो आमाबाउ नेपालमा सबै छोरीको होस्। यही मेरो इच्छा छ। यो भन्दा धेरै म केही बोल्न पनि सक्दिनँ। केही बोल्दिनँ पनि।’

आफूले बिहे गर्न हतार गरेको र अहिले आएर सम्बन्धविच्छेद गर्नुपरेको उल्लेख गरेकी छिन् । सम्बन्धविच्छेदको निर्णयमा आफूहरू दुईजनाले सल्लाह गरेर, घरपरिवारको पनि सल्लाहमा सोचविचार गरेर गरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077