Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिकोणात्मक टी–२० शृङ्खला : नेपाल थाइल्यान्डसँग पनि पराजित

त्रिकोणात्मक टी–२० शृङ्खला : नेपाल थाइल्यान्डसँग पनि पराजित

शनिवार , माघ १९, २०८१

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेलिन् । नेदरल्याण्सविरूद्ध पनि अर्धशतक बनाएकी उनले यस खेलमा ६० रन बनाइन् ।

त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् ।

कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले १/१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो । नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो।

नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।

अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् ।

फनिता मया र नताया बूचाथामले २/२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077