एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नेमाउथलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा बर्नेमाउथलाई २-० गोलले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको हो ।
बर्नेमाउथलाई उसकै मैदानमा पराजित गर्दा दुवै गोल मोहम्मद सलाहले गरे ।
जितसँगै लिभरपुलको शीर्षस्थान ५६ अंक बनाएको छ। दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको नटिंघम फरेस्टको समान ४७ अंक छ।
बर्नेमाउथ ४० अंकका साथ सातौं स्थानमा छ।