Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोन्टी देशाईले भने - यो गुडबाई होइन, धन्यवाद हो

मोन्टी देशाईले भने - यो गुडबाई होइन, धन्यवाद हो

आइतवार , माघ २०, २०८१

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् ।

सम्झौता सकिएर बिदा हुन लागेसँगै मुख्य प्रशिक्षक देशाईले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताएका हुन् ।

उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरे।

मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै उनीसँगको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको थियो ।

उनले त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कप फाइनलमा दर्शकहरू छाता ओढेर खेल हेर्न बसेको क्षणदेखि मुलपानीमा टी-२० विश्‍वकप छनोटको निर्णायक खेल हुँदाको क्षण सम्झिएका छन्।

आफ्नो प्रशिक्षणमा विभिन्न उत्तारचढावहरू रहेपनि आफूलाई दिइएको भूमिका निर्वाह गर्न पाउँदा देशाईले क्यान व्यवस्थापन, खेलाडीहरू, समर्थकहरू, ग्राउन्ड्सम्यान, कमेन्टेटर र कप्तान रोहित पौडेलप्रति कृतज्ञता व्यक्त गरे ।

खेलाडीहरूले लाखौंको सपना बोकेको भन्दै उनले सम्बन्ध, खुलापन, एकता र जवाफदेहितामा निर्मित ‘ह्‍याप्पी ड्रेसिङ रूम’ सधैं खेलाडीहरूको शक्तिको रूपमा रहने बताउँदै खेलको अन्तिम क्षणसम्म आफ्नो उत्कृष्ट खेल पस्कने प्रयास गर्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077