Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्जुन ट्रफी : अत्तरिया र डडेल्धुराको लगातार दोस्रो जित

अर्जुन ट्रफी : अत्तरिया र डडेल्धुराको लगातार दोस्रो जित

सोमवार , माघ २१, २०८१

धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुरा र अत्तरियाले लगातार दोस्रो जित हासिल गरेका छन् ।

गो ड्रिर्मसको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन भएका खेलहरूमा जित हात पार्दै दुबै टोलीले सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनाएका हुन् ।

समूह ए बाट चार अंक सहित फेण्ड्स यूथ क्लब डडेल्धुरा र समुह बी बाट समान चार अंक सहित सिवाईसी पनि समूहको शिर्ष स्थानमा रहेको छ।

सोमवार पहिलो खेलमा फेण्ड्स यूथ क्लब डडेल्धुराले बोष्टन क्रिकेट झापालाई ७७ रनको फराकिलो अन्तरले हराउँदै डडेल्धुराले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ ।

डडेल्धुरालाई चार अंक सहित समूह ए को शीर्षस्थानमा पुराउनका लागि कप्तान सन्दीपन जोरा र ओपनर आयुषमान बमले सानदार प्रदर्शन गरे।

फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सोमवार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण छोट्टईएको १५ ओभरमा ३ विकेट क्षतिमा एक सय ४३ रन बनायो ।

ओपनिङ ब्याट्सम्यान आयुषमान बमले अविजित ५७ रनको पारी खेले । ३६ बलको सामना गरेका उनले एक छक्का र ७ चौका प्रहार गरे । कप्तान सन्दिप जोराले पनि ५१ रनको अर्धतशकीय पारी गरे । ३० बलको सामना गरेका उनले ४ छक्का र ४ चौका प्रहार गरे ।

कुशल भुर्तेल २ रन र विनोद भण्डारी ५ रनमा आउट भएपछि धर्मराएको फेण्ड्स क्लब डडेल्धुराको पारीलाई कप्तान सन्दिपले ओपनर आयुष्मान तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गर्दै आफ्नो टीमलाई उच्च स्कोरतिर पुराए ।

डडेल्धुराका लागि किरण ठगुन्नाले १० बलमा २१ रन बनाए । बोष्टन क्रिकेट झापाका लागि अरुण ऐरीले २ विकेट लिए भने पवन कार्कीले एक विकेट आफ्नो नाममा लेखाए ।

एक सय ४४ रनको लक्ष्य लिएर मैदान उत्रिएको बोष्टन क्रिकेट झापाले १५ ओभरमा ९ विकेट क्षतिमा ६६ रन मात्रै बनाउन सक्यो । झापाका लागि ओपनरद्धय सनम बुढाथोकीले १७ रन र दिपु भुजेलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् ।

२८ रनमा पहिलो विकेट गुमाएको झापाले त्यसपछि ३८ रन बनाउँदा ७ विकेट गुमाउन पुग्यो । झापाका चार खेलाडी रनको खाता नखोली पेलिभियन फर्किए । डडेल्धुरालाई जिताउनका लागि कुशल भुर्तेलले ४ विकेट लिए । अजय चौधरीले दुई विकेट लिए ।

रवि बिष्ट, आवाज गौतम र कप्तान सन्दिप जोराले एक एक विकेट लिए । खेलमा ५७ रनको अविजित पारी खेलेका फ्ण्ड्स क्लब डडेल्धुराका आयुषमान बम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै सिवाईसी अत्तरियााले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । अत्तरियालाई चार अंक सहित समुह ए को शिर्षस्थानमा पुराउनका लागि विवेक यादवले अर्धशतक सहितको विवेकीय पारी खेले ।

फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सोमवार भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४२ रन बनायो । सुरुवाती ब्याट्सम्यानहरु सस्तोमा पेलिभियन फर्किदा चौथो विकेटको रुपमा मैदान छिरेका विवेक यादवले अर्धशतकीय पारी खेले ।

१६ रनमा क्याच आउट छुटेपछि पाएको जीवनदानलाई विवेकीय रुपमा खेल्दै ३५ बलमा ५३ रन बनाए । चार छक्का चार चौका प्रहार गरेका उनी अविजित रहे । ११.१ ओभरमा ६ विकेट क्षतिमा ५६ रनको स्थितिलाई सुधार गर्दै एक सय ४२ रनसम्म पुराए ।

अत्तरियाका लागि कप्तान सन्तोष कार्कीले २३ रन बनाए । यस्तै सन्दीप क्षेत्रीले १६ रन र शंकर रानाले १४ रन बनाए । क्रिकेट एक्सीलेन्स सेन्टरका लागि युनिष ठकुरी र दिपेन्द्र रावतले दुई दुई विकेट लिए । सुर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक एक विकेट लिए ।

एक सय ४३ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंले १२.२ ओभरमा ९ विकेट क्षतिमा ५६ रन मात्रै बनायो । सिईसीका विपिन आचार्य ११.२ ओभरमा १३ बलमा ११ रन बनाएर चोट बोकेपछि रिटायर्ड हट हुँदा सीवाईसी अत्तरिया विजयी भएको हो ।

सिईसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । पाँच जना खेलाडी शुन्यमा आउट भए । अत्तरियालाई सानदार जित दर्ता गराउने क्रममा कमल गुप्ताले ५ विकेट लिए । उनी प्रतियोगितामा ५ विकेट लिने पहिलो खेलाडी भएका छन् ।

३.२ ओभर बलिङ गरेका उनले १० रन खर्चिए । दिपेश कँडेलले २ विकेट हात पार्दा साहव आलम र सुसिल साउँदले एक एक विकेट लिए । खेलमा ५ विकेट लिएका सिवाईसीका कमल गुप्ता नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा न्यु होराईजन बुटबल र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077