Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिदेशीय महिला क्रिकेट : अंकविहीन नेपाल शीर्ष स्थानको थाइल्याण्डसँग भिड्दै

त्रिदेशीय महिला क्रिकेट : अंकविहीन नेपाल शीर्ष स्थानको थाइल्याण्डसँग भिड्दै

मंगलवार , माघ २२, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

यसअघि हिजोको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको थियो ।

योसँगै थाइल्यान्ड लगातार तेस्रो जीतसहित ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल लगातार ३ वटा खेलमा हार बेहोर्दै पुछारमा छ ।

यसअघि नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले त्यसपछि थाइल्यान्डसँग २० रनले र अस्ति नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077