Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म 'दु:खी आत्मा' को ट्रेलर सार्वजनिक

फिल्म 'दु:खी आत्मा' को ट्रेलर सार्वजनिक

मंगलवार , माघ २२, २०८१

काठमाडौं । फिल्म 'दु:खी आत्मा' को ट्रेलर सार्वजनिक गरिएको छ। दयाहाङ राई र आँचल शर्माको मुख्य अभिनय रहेको दीपेन्द्र लामा निर्देशित 'दु:खी आत्मा' को ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा प्रेम र यौन मनोविज्ञानलाई चित्रण गरिएको छ। यो फिल्ममा दयाहाङ कविको भूमिकामा छन्। उनीप्रति युवतीहरूको आकर्षण र उनमा रहेको शारीरिक दुर्बलतालाई ट्रेलरमा देखाइएको छ।

फागुन २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मका यसअघि सार्वजनिक गीत,ब्रेकअप कविता र टिजरले राम्रो चर्चा पाएका छन्। फिल्ममा कवि श्रवण मुकारूङका १० वटा कविता समावेश छन्।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक दीपेन्द्र लामा स्वयंको हो।

फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरूङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दीया मास्के, लुनिभा तुलाधर , शिशिर वाङदेल लगायतका कलाकारहरूको अभिनय छ।

सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ। 'दु:खी आत्मा' भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077