Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जित्नैपर्ने खेलमा थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

जित्नैपर्ने खेलमा थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

मंगलवार , माघ २२, २०८१

काठमाडौं । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौंथो खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाले पहिले बलिङको निम्तो पाएको हो ।

नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू गराएको छ। चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि उनको ठाउँमा शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा आएकी थिइन् ।

रचनाले नेपालको यू-१९ टोलीबाट महिला विश्‍वकप खेलेकी थिइन् । त्यसैगरी आज सिता राना मगर पनि बाहिर छिन् ।

उनको ठाउँमा रोमा थापा टिममा आएकी छन्। उनी शृंखलामा पहिलोपटक खेल्दै छन्।

नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको थियो । आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077