Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिदेशीय महिला क्रिकेट : चौथो हारसँगै उपाधि होडबाट बाहिरियो नेपाल

त्रिदेशीय महिला क्रिकेट : चौथो हारसँगै उपाधि होडबाट बाहिरियो नेपाल

मंगलवार , माघ २२, २०८१

काठमाडौं। त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ ।

नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । थाइल्याण्डसँग पराजित भएसँगै उपाधि होडबाट समेत बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो । नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् ।

पुजा महतो र रचना चौधरीले १-१ विकेट लिए । रचनाले नेपालका लागि टी-२०आईमा डेब्यू विकेट लिएकी हुन् । नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो ।

शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077