Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्जुन ट्रफी क्रिकेट : घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

अर्जुन ट्रफी क्रिकेट : घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

बुधवार , माघ २३, २०८१

धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि रोमाञ्चक जित हात पारेको छ ।

बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी-११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ ।

बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन मात्रै बनाउन सक्यो ।

बोष्टनका लागि दिनेश रावतले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४० बलको मद्दतमा ५ छक्का र ४ चौका प्रहार गरेका थिए ।

अन्तिम ओभरमा घोडाघोडीलाई जितका लागि १० रन चाहिएको अवस्थामा रमेश भट्टले ८ रन मात्र खर्चिएका थिए ।

आयुव चन्दले २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २४, दिपक टमाट्टाले १७ बलमा १९ तथा कप्तान शेर मल्लले ७ बलमा १० रन जोडे । झापाका लागि अभिषेक कार्कीले ३ तथा अरुण ऐरी र रमेश भट्टले समान १ विकेट लिए ।

त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ बोष्टनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । झापाका लागि रोशन शाहले सर्वाधिक ४१ रन बनाए । उनले १५ बलमा ५ छक्का र एक चौका प्रहार गरे ।

अभिषेक कार्कीले १८ बलमा नट आउट ३७, ओपनर रोहन विकले ३२ बलमा ३७ रन र पवन कार्कीले १७ बलमा २० रन जोडे । घोडाघोडी–११ का लागि कप्तान शेरले २ तथा नरबहादुर सार्की, नरेन साउँद, आयुव चन्द र सौर्य श्रेष्ठले समान १ विकेट लिए ।

घोडाघोडी-११ को हारसँगै समूह ए बाट फ्रेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाईनल पुगेका छन् । बिहीवार हुने धनगढी र घोडाघोडी-११ बीचको खेलबाट समूह विजेता र उपविजेता पक्का हुनेछन् ।

यस प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077