Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० क्रिकेट शृंखलामा नेपालले थाइल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आफ्नो अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।

नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरिन् । नेपालका लागि राजमती ऐरीले टी-२०आई क्रिकेटमा डेब्यू गर्दै छिन् ।

राजमती यसअघि एसीसी एसिया कप २०२४ को टोलीमा पनि परेकी थिइन् तर कुनै खेल भने खेलेकी थिइनन् ।

उनी घरेलु क्रिकेटमा एपीएफ क्लबबाट खेल्दै आएकी छन् । भर्खरै सम्पन्न महिला पीएम कपमा उनले एपीएफका लागि तेस्रो सर्वाधिक रन बनाएकी थिइन् ।

उनले ६ खेलमा ८५ रन बनाएकी थिइन् । नेपालले आज दुई परिवर्तन गरेको छ ।

रोमा थापा र ममता चौधरी बाहिर रहँदा राजमती र अलिशा यादव टिममा आएका छन् । यसअघि नै उपाधि होडबाट बाहिरिसकेको नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077