काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दलित अधिकारकर्मीहरुले कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
दलित अधिकारकर्मीहरुलेसर्लाहीको अन्तरजातीय विवाहको घटनामा गृहमन्त्री लेखकको भूमिकामाथि प्रश्न गर्दै कारबाहीको माग गरेका हुन्।
कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
उनीहरूले गृहमन्त्रीकै निर्देशनमा अन्तरजातीय विवाह गरेको जोडीलाई छुटाउन खोजिएको आरोप लगाएको छ। यही विषयमा बिहीबारको संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए ।
आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।