काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेड र नेपाल एपीएफ फुटबल क्लब बीच एक वर्षका लागि सह-प्रायोजन सम्झौता भएको छ ।
सशस्त्र प्रहरी बल, नेपालको महिला फुटबल टिमसँग सहकार्य गर्दै वाइ वाइले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतापत्रमा एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे र सीजी फुड्स नेपाल लिमिटेडका सहायक महाप्रबन्धक सुरेन्द्र खनालले हस्ताक्षर गरेका छन्।
सम्झौता हस्ताक्षर कार्यक्रम नेपाल एपीएफ क्लबको आयोजनामा सम्पन्न भएको थियो ।