Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

असईसहित दुई प्रहरीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

असईसहित दुई प्रहरीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

शुक्रवार , माघ २५, २०८१

खोटाङ । नेपाल प्रहरीका असईसहित दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै जाहेरी परेको छ ।

प्रहरीले बिनाकारण हत्कडी लगाएकाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियारले आत्महत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको हो ।

अर्खौलेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ४५ वर्षीय पोशराज कार्की र अर्की एक महिलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ ।

जबरजस्ती करणीमा आरोप लगाउँदै हत्कडी लगाएकाले परियारले शुक्रबार बिहान आत्महत्या गरेको भन्दै उनका दाजु कुशल परियारले साँझ प्रहरीमा जाहेरी दिएका हुन् ।

मृतकले आफू होइन भन्दाभन्दै पूर्जीबिनै पक्राउ गरी समाजमा बेइज्जत गरेकाले आफूलाई आत्महत्या गर्न बाध्य पारेको सुसाइटनोटमा उल्लेख गरेकाले जाहेरी दिइएको दाबी गरिएको छ ।

खोटाङ प्रहरीका अनुसार ४० वर्षीया एक महिलाले स्थानीय १७ वर्षीय किशोरले आफूलाई जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसपछि बिहीबार बेलुकी रामलाई केही समय नियन्त्रणमा लिएर छाडिएको खोटाङ प्रहरीले जनाएको छ । जाहेरीपछि आत्महत्या दुरुत्साहनमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077