Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्जुन ट्रफी : कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाइनलमा

अर्जुन ट्रफी : कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाइनलमा

शनिवार , माघ २६, २०८१

कैलाली । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा फ्रेन्ड्स क्लब डडेल्धुरा फाइनलमा पुगेको छ।

शनिबार भएको पहिलो सेमिफाइनलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको प्रवेश गरेको हो ।

गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा डडेल्धुराका लागि भुर्तेलको अलराउण्ड प्रदर्शन गरे । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले १६.१ ओभरमा सवै विकेट क्षतिमा ८२ रनमा समेटियो।

बुटवलका लागि आरिफ खानले सर्वाधिक २० रन बनाए। टीमका लागि दिपक डुम्रेले १८ रन र निश्चल ज्ञवालीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् । बुटवलका तीन खेलाडी शुन्यमा आउट भए।

बुटवलको पारी ध्वस्त बनाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिए । प्रतियोगितामा उनी ५ विकेट लिने तेस्रो खेलाडी भएका छन्। ३.१ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए।

बुटवललाई कम रनमा समेट्ने क्रममा अजय चौहानले पनि तीन विकेट लिए। हेमन्त धामी र अशोक धामीको नाममा एक एक विकेट रह्यो। ८३ रनको सामान्य लक्ष्य बोकेर मैदान उत्र्रिएको फेण्ड्स क्लब डडेल्धुराले १५ ओभरमा ५ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो।

डडेल्धुराका लागि ओपनरको रुपमा मैदान प्रवेश गरेका कुशल भुर्तेलले ४६ रनको पारी खेले। २५ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका प्रहार गरे। पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आयुष्मान बमसँग ५६ रनको अर्धशतकीय साझेदारी समेत गरे। आयुष्मानले १६ रन बनाए। बुटवलका लागि प्रिन्स पलले सर्वाधिक ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन्।

खेलमा ४६ रनको पारी खेल्दै पाँच विकेट लिएका डडेल्धुराका कुशल भुर्तेल नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए।

प्रतियोगिता अन्तर्गत भोली प्रतियोगिताको दोस्रो सेमिफाईनलका खेल हुनेछ। भोली हुने दोस्रो सेमिफाईनल खेलमा समुह बी को विजेता सिवाईसी अत्तरिया र समुह ए को उपविजेता डिसिए धनगढी फाइनल प्रवेशका लागि खेल्नेछन्।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077