धनगढी । अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् ।
धनगढीमा जारी प्रतियोगितामा सेमिफाइनल पुगेको डिसिए धनगढीले ऐरीलाई आफ्नो टीमबाट खेलाउने भएको हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि डिसिए धनगढीले सिवाईसी अत्तरियासँग खेल्दैछ । भोलिको खेल रोमाञ्चक हुने भएको छ ।
डिसिएबाट दिपेन्द्र सिंह ऐरी, ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन् । अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरू रहेका छन्। दुबै टोलीहरूको खेल प्रतिस्पर्धात्मक हुने भएको छ ।
गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।