Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एम्बाप्पेको निर्णायक गोलमा हारबाट जोगियो रियल मड्रिड

एम्बाप्पेको निर्णायक गोलमा हारबाट जोगियो रियल मड्रिड

आइतवार , माघ २७, २०८१

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

शनिबार राति मड्रिड डर्वीमा भएको खेलमा केलियन एमबाप्पेको निर्णायक गोलमा रियलले हारबाट जोगिएको हो ।

रियलले एथलेटिको मड्रिडसँग १–१ को बराबरी गर्दै अंक खोस्यो । खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजको पेनाल्टी गोलमा एथलेटिकोले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५० औँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टोलीले एक एक अंक बाँडे । लिगको रियल ५० अंकसहित शीर्ष स्थानमा छ । एथलेटिको ४९ अंकमा दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077