Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि

नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि

आइतवार , माघ २७, २०८१

पाल्पा । पाल्पाको रामपुरमा भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ । उपाधिसँगै पुलिसले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो। पुलिस क्लबले २५–२१, २५–१२ र २५–२२ अङ्कले खेल जितेको हो।

त्रिभुवन आर्मी क्लब तेस्रो भयो। निस्दी भलिबल क्लबले सान्त्वना पुरस्कार प्राप्त गरेको खेल संयोजक कमल रानाले बताए। आर्मीले निस्दी भलिबल क्लबलाई ३–१ सेटले पराजित ग¥यो। आर्मीले पहिलो सेट २५–२१ अङ्कले, तेस्रो सेट २५–१९ तथा चौथो सेट २५–१९ अङ्कले जितेको हो। निस्दीले दोस्रो सेट २५–१९ अङ्कले जितेको थियो।

प्रतियोगितामा उपविजेता भएको एपिएफ क्लबले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, तृतीय भएको आर्मीले एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा सान्त्वना हुने निस्दीले ५५ हजार पाँच सय ५५ रुपैयाँसहित पत्र प्राप्त गरेको छ।

चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा विभागीय टोली आर्मी क्लब, एपिएफ क्लब र पुलिस क्लबका साथै मणिमुकुन्द भलिबल क्लब र निस्दी भलिबल क्लब सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077