Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वदेशी र विदेशी कलाकारको साथमा ६ दिन वार्षिकोत्सव बनाउँदै एलओडी, पहिलो दिन नै ओहिरिए दर्शक

स्वदेशी र विदेशी कलाकारको साथमा ६ दिन वार्षिकोत्सव बनाउँदै एलओडी, पहिलो दिन नै ओहिरिए दर्शक

आइतवार , माघ २७, २०८१

काठमाडौं । ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सवको अवसरमा ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाइ रहेको छ ।

क्लबमा पहिलो दिन शनिवार साँझ पुर्न राई तथा दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस डिजेले प्रस्तुती दिएका थिए । उत्कृष्ट क्लबको छवि बनाएको एलओडीले ६ दिनसम्म वार्षिकोत्सव मनाउन लागेको क्लबका निर्देशक भूपेन कुँवरले बताए ।

कुँवरका अनुसार वार्षिकोत्सवको अवसरमा क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागेको हो ।

उनले भने–‘रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ । हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौं । विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन् । अहिले विभिन्न मुलुकले क्लबकै कारण नाम थाहा पाएका छन् ।’

क्लबले माघ २६ र २८ गते तथा फागुन १, २ ८ र ९ गते गरी ६ दिन वार्षिकोत्सव मनाउने भएको हो । २८ गते कुमासागर एण्ड द ख्वापले पस्तुती दिने निर्देशक कुँवरले बताए ।

कुँवरका अनुसार फागुनको १, २, ८ र ९ गते क्रमश क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुती दिने भएका छन् ।

एलओडी क्लब (लर्ड अफ द ड्रिंक्स) विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077