Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ला लिगामा बार्सिलोनाको सहज जित

ला लिगामा बार्सिलोनाको सहज जित

सोमवार , माघ २८, २०८१

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा उसले सेभियाविरुद्ध ४–१ को जित दर्ता गरेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र इरिक गार्सियाले गोल गरे । सेभियाका लागि रुबेन भर्गासले एक गोल फर्काए ।

यो जितपछि बार्सिलोनाले शीर्ष दुई टोलीसँगको अंक दूरीलाई घटाएको छ । २३ खेलमा बार्सिलोनाको‌ ४८ अंक छ ।

शीर्ष स्थानको रियल मड्रिडको ५० र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४९ अंक छ ।

बार्सिलोनासँग पराजित सेभिया २८ अंकका साथ तालिकाको १३ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077