Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा

मंगलवार , माघ २९, २०८१

काठमाडौं । फिल्म ‘लाज शरणम्’ को ‘नेपाल हाँसेको’ गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा उक्लिएको हो।

रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ । सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो ।

नेपालमा युट्युव ट्रेन्डिङको शीर्षस्थानमा हुँदा अस्ट्रेलियामा १५, युएईमा ८, कतारमा २, माल्टामा २ र कुवेतमा ९ औं स्थानमा छ।

नेपाली समुदायको बाक्लो बसोबास रहेका यी मुलुकका दर्शकले गीतलाई रुचाएको देखिएको छ ।

वैदेशिक रोजगारीको पीडा चित्रण गरिएको यो गीतलाई प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रमोसनमा प्रयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077