सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बलियो कम्युनिष्ट पार्टी निर्माणको प्रयासमा आफू प्रयत्नशील रहेको बताएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेशले सोमबार आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्ट पार्टीहरूसँग एकताको छलफल प्रयास जारी रहेको बताए । नेकपा एकीकृत समाजवादी र नेकपासँग त्यस्तो छलफल चलिरहेको उनले जानकारी दिए ।
‘विचार मिल्नेहरूसँग एकताको लागि हामीले सधैं प्रयास गरिरहेका छौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकताका कुरा भइरहेका छन्,’ प्रचण्डले भने ।