Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सिमेन्टको मूल्य वृद्धिविरुद्ध प्रदेश सांसदद्धारा सर्वोच्चमा रिट दायर

सिमेन्टको मूल्य वृद्धिविरुद्ध प्रदेश सांसदद्धारा सर्वोच्चमा रिट दायर

बुधवार , माघ ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सिमेन्टमा भएको अचाकली मूल्यवृद्धि विरुद्ध प्रदेश सांसद अन्सारीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) को आधारमा परमादेश लगायत अन्य आवश्यक आदेश जारी गरी पाउँ भन्दै नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाएको छ ।

रिटमा कात्तिक १ गते ओपीसी सिमेन्टको करसहित प्रतिबोरा ४७२ रुपैयाँमा बिक्री गरेकोमा मंसिर १७ गतेसम्म ६३० रुपैयाँमा उद्योगले बेच्ने गरेको रिटमा दाबी गरिएको छ ।

कच्चा पदार्थको अभाव देखाएर उद्योगीले सरकारको मिलेमतोमा अचाकली मूल्यवृद्धि गरी कालोबजारी गरेको दाबी छ ।

रिटमा भनिएको छ,‘सिमेन्ट दैनिक रुपमा हरेक प्रकारका निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक वस्तु हो, यसमा हालै देखि देखापरेको कृत्रिम अभाव, कालोबजारी, उद्योगहरुको मनलाग्दी सिन्डिकेटलाई नरोक्दा यसले सबै काम कुरालाई प्रभावित पार्दछ।’

यस मुद्दामा रहबर अन्सारीका कानूनी सल्लाहकार अधिवक्ता अनुपम भट्टराईले अदालतमा प्रमाणहरू मजबुतीका साथ पेस गरेको बताएका छन् ।

माघ १५ गते नै रिट दिन चाहेपनि सर्वोच्चले अस्वीकार गरेको थियो । त्यसपछि मंगलबार सर्वोच्चले उनको रिट दर्ता गरेको हो । यो रिटको आज नै पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077