Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

शंखरापुर स्कुल बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० घाइते

शंखरापुर स्कुल बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० घाइते

बुधवार , माघ ३०, २०८१

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बसमा सवार ४० जना विद्यार्थी घाइते भएका छन्।

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।

२२ जनालाई पिपुल्स लाइफ केयर अस्पताल, ११ जनालाई एनएमसी अस्पताल, ४ जनालाई टिचिङ अस्पताल र ४ जनालाई शंखरापुर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077