Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्ट्राचारी ठहर, ६ वर्ष कैद सजाय

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्ट्राचारी ठहर, ६ वर्ष कैद सजाय

बिहिवार , फाल्गुण १, २०८१

विराटनगर । कोशी प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई भ्रष्ट्राचार मुद्धामा ६ बर्ष कैदको फैसला भएको छ ।

बुधबार सर्वोच्च अदालत न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा उनलाई ६ बर्ष कैद तोकेको हो ।

उनीसहित सर्वोच्चले ९ जनालाई दोषी ठहर गरेको छ । पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ।

उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। अदालतको फैसलासँगै हालै दोस्रो कार्यकालका लागि नियुक्त भएका पराजुली स्वतः पदमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077