Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रचण्ड लक्षित ज्ञानेन्द्रको टिप्पणी - तिम्रो जनयुद्ध 'धनयुद्ध' भयो, तिमी साह्रै गनायौ

प्रचण्ड लक्षित ज्ञानेन्द्रको टिप्पणी - तिम्रो जनयुद्ध 'धनयुद्ध' भयो, तिमी साह्रै गनायौ

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा रूपमा आलोचना गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा सांसद शाहीले जनयुद्धलाई धनयुद्धको संज्ञा दिएका हुन् । माओवादीले बिहीबार जनयुद्ध दिवस मनाएको छ । सोही अवसरमा जनयुद्धलाई धनयुद्धको संज्ञा दिए ।

सांसद शाहीले माओवादी नेतृत्वको आलोचना गर्दै भने, “राष्ट्रलाई तहस–नहस बनायौ, अझै भष्म खरानी बनाउने कुरा गर्छौ। दशकौँ सत्ता र शक्तिमा बसेर पनि केही गर्न सकेनौ। छि–छि, तिमीहरू साह्रै गनायौ।''

उनले जनयुद्धको उद्देश्य भट्किएको आरोप लगाउँदै थपे, “देशका लागि लडेर मर्नेहरू मरिसके, बाँचेका खाडीमा बेल्चा हान्दै छन्। तिम्रो जनयुद्ध धनयुद्ध भयो। क्रान्तिकारी नामधारीहरू सुनको महलमा बसेर मिठो सुस्केरा हाल्दै छन्।”

शाहीले माओवादी नेतृत्वलाई जनताप्रति जिम्मेवार बन्न आग्रह गर्दै ‘क्रान्तिका नाममा हिंसा मच्चाउनेहरूले आजको अवस्था बुझ्न जरुरी छ’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077