Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मोदीलाई भेटेपछि ट्रम्पले भने - हाम्रा सहयोगी दुस्मनभन्दा खराब !

मोदीलाई भेटेपछि ट्रम्पले भने - हाम्रा सहयोगी दुस्मनभन्दा खराब !

शुक्रवार , फाल्गुण २, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी शत्रुभन्दा पनि खराब रहेको टिप्पणी गरेका छन् ।

ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीले ह्वाइट हाउसमा गरेको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । भन्सारका विषयमा ट्रम्पले अघि भने, ‘हाम्रा सहयोगी शत्रुभन्दा पनि खराब छन्।’

पत्रकार सम्मेलनमा उनीहरूले भन्सार महसुलका विषयमा आआफ्ना धारणा राखेका थिए ।

ट्रम्पले भने, ‘भारतले हामीलाई जेजेमा भन्सार शुल्क लगाउँछ, हामी पनि त्यही त्यहीमा लगाउनेछौँ।’

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गर्ने भारतीय नागरिकलाई फिर्ता लैजाने वाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077