Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्री ओली र पूर्वआईजीपीहरुबीच भेटवार्ता

प्रधानमन्त्री ओली र पूर्वआईजीपीहरुबीच भेटवार्ता

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं। पूर्वप्रहरी महानिरीक्षक आईजीपीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ पूर्वआईजीपीहरुको समूहले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

पूर्वआईजीपीहरुले भेटमा प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरु सच्याउनुपर्ने माग गरे। पूर्वआईजीपीहरुको समूहले विवादित केही बुँदाहरु हटाउनुपर्ने माग राखेका छन्।

पूर्वआईजीपी मोतिलाल बोहोराका अनुसार मुख्यगरी दुई विषयहरु (गृहको नियन्त्रण तथा परिचालन र सुपरीवेक्षण) विषय सच्याउन माग गरिएको छ ।

जवाफमा ओलीले संसदमा भर्खरै विद्येयक दर्ता भएको र छलफल हुन बाँकी नै रहेकाले सच्याउन सकिने बताएका थिए।

त्यसैगरी पूर्वआईजीपीकै समूहले बुधबार राति पनि गृहमन्त्रीलाई भेट गरेर यही कुराहरु दोहोर्‍याएको थियो।

विद्येयकमा यसबाहेक अन्य विषयहरु पनि आपत्ति रहेको भन्दै सच्याउन माग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077