Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ल्याए नयाँ गीत ‘मन त्यतै कतै’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ल्याए नयाँ गीत ‘मन त्यतै कतै’

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन डेको अवसरमा नयाँ गीत ल्याएका छन् ।

प्रेमभाव समेटिएको गीतमा शर्माको संगीत, प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको संगीतमा ‘मन त्यतै कतै’ गीत ल्याएका हुन् ।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन्। भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्य फिचर्ड छन् ।

गत वैशाख अन्त्यमा रेकड भएको हो। संगीत र साहित्यमा समेत रुचि भएका राजनीतिज्ञ शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका छन्।

शिव परियारको स्वर रहेको उक्त गीतमा मीन विश्वकर्माका शब्द छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077