Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

इन्डियन ओसन कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री ओमन प्रस्थान

इन्डियन ओसन कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री ओमन प्रस्थान

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छन्।

ओमनको राजधानी मस्कटमा आयोजित ‘आठौं इन्डियन ओसन कन्फरेन्स’मा सहभागी हुन परराष्ट्रमन्त्री राणा आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए।

उनी ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ गएकी हुन्।

भ्रमणका क्रममा मन्त्री राणाले ओमनका विदेशमन्त्री,ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्।

यसैगरी भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077