एजेन्सी । हमासले शनिबार रिहा गर्ने तीनजना बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायलले गाजामा भएको युद्धविराम भङ्ग गर्ने चेतावनी दिएपछि हमासले शनिबार तीनजना बन्धकलाई रिहा गर्न लागेको हो ।
त्यहाँका सञ्चारमाध्यमका अनुसार शनिबार इजरायली-रुसी साशा ट्रुपानोभ, इजरायली-अमेरिकी सागुई डेकेल(चेन र इजरायली(अर्जेन्टिनाका यायर हर्न रहेका छन्।
हमासले शनिबार छैटौँपटक बन्धक रिहा गर्न लागेको हो । तर, नेपाली विद्यार्थी विपिन जोशी भने यसपटक पनि परेका छैनन् । यसअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ ।