काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
शनिबार क्यानले सार्वजनिक सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दरखास्तको आह्वान गरेको हो ।
भारतीय प्रशिक्षक मोन्टी देसाइको दुई वर्षको सम्झौता सकिएपछि क्यानले नयाँ प्रशिक्षक ल्याउने निर्णय गर्दै दरखास्त आह्वान गरेको हो।
प्रशिक्षकका लागि इसिबीरसिए लेभल ३ वा सो सरहको योग्यता हुनु पर्ने क्यानले जनाएको छ।
क्यानका अनुसार फेब्रुअरी अन्तिमसम्म निवदेन दिन सकिने छ ।