धनगढी । धनगढीमा नेपाली सेनाले सेना दिवसको अवसरमा दौड प्रतियोगिता हुने भएको छ ।
नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको अवसरमा दौड प्रतियोगिता गर्न लागेको हो ।
सुदुरपश्चिम पृतना हेडक्वाको आयोजनामा धनगढीस्थित बोराडाडी व्यारेकमा फागुन १२ गते दौड प्रतियोगिता हुन लागेको जनाइएको छ ।
सो दौड प्रतियोगितालाई युनिटी रनको नाम दिइएको छ भने निःशुल्क आवेदनको समय फागुन ७ गतेदेखि १० गतेसम्म रहेको छ।
सो प्रतियोगिताको स्वरुप १० कि.मि. (पुरुषरमहिला) र खुल्ला ५ कि.मि (विद्यार्थीहरु) वाकाथन (आमन्त्रित पाहुनाहरु) रहेको बताइएको छ ।