Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिगमा टोटनहम र लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा टोटनहम र लिभरपुलको जित

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा टोटनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

टोटनहम ३० अङ्कका साथ १२ औं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड २९ अङ्कसहित १५औं स्थानमा छ ।

यस्तै यसअघि भएको अर्को खेलमा लिभरपुलले वुल्भ्सलाई २–१ गोल अन्तरले हराएको छ ।

योसँगै प्रिमियर लिगमा लिभरपुल ६० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

आर्सनल ५३ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ४७ अङ्कसहित तेस्रो स्थानमा छन् । वुल्भ्स भने १९ अङ्कका साथ १७ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077