Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा लेबनानमाथि म्यानमारले सहज जित निकालको छ ।

म्यानमारले फोर नेसन्सको पहिलो खेलमा सोमबार दशरथ रंगशालामा लेवनानमाथि ३–१ को जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा म्यानमारलाई जित दिलाउन विन थेइन्गी तुम, स्वी यी तुन र सान थव थवले समान एक गोल गरे । लेबनानकी लैला इस्कान्दारले एक गोल फर्काइन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि ५७औँ मिनेटमा तुमको गोलमा म्यानमारले अग्रता बनाएको थियो ।

तर, त्यसको तीन मिनेटपछि इस्कान्दारको गोलमा लेबनान खेलमा फर्कियो ।७२औँ मिनेटमा तुनको गोलमा म्यानमारले पुनः २/१ को अग्रता बनायो ।

त्यसको तीन मिनेटपछि नै थवले गोल गरेपछि म्यानमारले ३–१ को अग्रता बनाएको थियो । यसपछि थप गोल नहुँदा म्यानमारले जितसँगै तीन अंक पक्का गरेको हो ।

आजदेखि सुरु भएको प्रतियोगितामा कुल चार टिमको सहभागिता छ । जसमा नेपाल, कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता छ । प्रतियोगिताको दोस्रो खेलमा आजै नेपाली टिमले कीर्गिस्तानविरद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077