Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग रास्वपाले गर्‍यो प्रहरी विधेयकमा छलफल

प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग रास्वपाले गर्‍यो प्रहरी विधेयकमा छलफल

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । रास्वपाले प्रहरी विधेयकको बारेमा प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग छलफल गरेको छ ।

बुधबार रास्वपाका सांसदहरूले नेपाल प्रहरी क्लब प्रदर्शनी मार्गमा संसदमा पेस भएको नेपाल प्रहरी सम्बन्धी विधेयकबारे प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरू प्रकाश अर्याल, कमल सिंह बम, केदार साउद, बम बहादुर भण्डारी र सुरेन्द्र शाह सहभागी थिए।

त्यस्तै रास्वपाका सांसदहरु डा.चन्दा कार्की, मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसाकार लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077