Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

स्वर्ण पदक जित्ने खेलाडीलाई ५ हजार पुरस्कार दिने अध्यक्ष साउँदको घोषणा

स्वर्ण पदक जित्ने खेलाडीलाई ५ हजार पुरस्कार दिने अध्यक्ष साउँदको घोषणा

बुधवार , फाल्गुण ७, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई पाँच हजार पुरस्कार दिने घोषणा गरेका छन् ।

बुधबार चौरपाटी गाउँपालिकामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा अध्यक्ष साउँदले सो घोषणा गरेका हुन् ।

उनले आफ्नो पालिकाभित्र रहेका स्वर्ण जित्ने खेलाडीलाई प्रत्येक स्वर्ण बराबर पाँच हजार दिने घोषणा गरे । उनले दुई स्वर्ण एउटै खेलाडीले जिते १० हजार दिइने जानकारी दिए ।

स्थानीय खेलाडी तथा खेलप्रेमीले यस घोषणालाई सकारात्मक रुपमा लिएका छन्। उनीहरूले यस कदमले खेलाडीलाई अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

आफ्नै पालिकामा प्रतियोगिता भएपछि चौरपाटीलाई शिल्ड नै जित्नुपर्ने दबाब छ । सोही अनुसार गाउँपालिका लागिरहेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एथलेटिक्स, कबड्डी, भलिबल लगायतका खेलहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077