काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।
नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ।
उता पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित लेबनान पहिलो जितको खोजीमा हुनेछ ।
लेबनान नेपाललाई हराउँदै फाइनल खेल्ने सम्भावना कायम राख्न चाहन्छ । प्रतियोगिताको पहिलो खेल जितेको म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा छन् ।