काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोरुसिया डर्टमन्ड र पीएसभी अन्तिम १६ मा पुगेका छन् ।
गएराति भएको खेलमा स्पेनिस क्लब रियलका किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी ३–१ ले पराजित भएको हो ।
एमबाप्पेले खेलको चौथो, ३३ औं र ६१ औं मिनेटमा गोल गरे । सिटीका निको गोन्जालेजले इन्जुरी समयमा एक गोल गरे । रियल प्लेअफमा समग्रमा ६–३ गोलले अगाडि रह्यो । पहिलो लेगमा रियल ३–२ ले विजयी भएको थियो ।
सिटी बाहिरीएको छ । च्याम्पियन्स लिगमा शीर्ष आठ टोलीले यसअघि नै सीधै आउँदो मार्चमा हुने राउन्ड अफ–१६ मा स्थान पक्का गरिसकेका थिए ।
शीर्ष आठमा पुग्न नसकेका टोलीबीच प्लेअफ भएको हो । गएरातिका खेलसँगै लिगको प्लेअफका खेल सकिएका छन् ।