काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत म्यानमारले लगातार दोस्रो खेलमा जित निकालेको छ।
दशरथ रंगशालामा भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५९० गोलले पराजित गरेको हो।
म्यानमारको जितमा यून वादी र मे हचटेटले दुई-दुई गोल गरे। वादीले खेलको दोस्रो र ४१ मिनेटमा गोल गर्न सफल भइन्।
मेले ३८ र ४९ मिनेटमा गोल गरिन्। यस्तै सनदर लिनले ३० मिनेटमा गोल गरेकी थिइन्। यसअघि पहिलो खेलमा म्यानमारले लेवनानमाथि ३-१ गोलको जित निकालेको थियो।
च्याम्पियनसिपमा आज साँज छ बजे नेपालले लेवनानसँग खेल्दैछ। पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपालले आज लेवनानलाई हराए फाइनलमा स्थान बनाउनेछ।
आजको खेलपछि फागुन ११ मा लिग चरणको अन्तिम खेल हुनेछन्। लिग चरणको अन्तिम खेलमा किर्गिस्तान र लेवनान तथा नेपाल र म्यानमार भिड्नेछन्। लिग चरणको शीर्ष दुई टोलीबीच फागुन १४ मा उपाधि भिडन्त हुनेछ।