Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लेबनानलाई हराउँदै एक खेलअघि नै फाइनलमा नेपाल

लेबनानलाई हराउँदै एक खेलअघि नै फाइनलमा नेपाल

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ को निर्णायक गोलमा नेपालले लेबनानलाई १-० गोलले पराजित गरेको छ ।

फोर नेशन्स महिला अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सावित्राको मात्र एक गोल निर्णायक बन्यो ।

पहिलो हाफमा ४१ औं मिनेटमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानकी गोलकिपर फराह इल टयारलाई छुन पुग्दै गोलपोस्टभित्र समेटियो । यो जितसँगै नेपालले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ।

यसअघि भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077