काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा प्रयोग गरिएको बेलुनमा ग्यास भर्ने भारतीय नागरिक छुटेका छन् ।
कास्की प्रहरीका अनुसार हाइड्रोजन ग्यास भर्ने ४१ वर्षीय कमलेश कुमारलाई हाजिर जमानीमा रिहा गरिएको हो ।
वडा प्रहरी कार्यालय बैदामले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेको थियो ।
फागुन ३ मा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न लाग्दा विस्फोट भएर अर्थमन्त्री विष्णु पौडेल र पोरखामा मेयर धनराज आचार्य घाइते भएका थिए ।
कमलेश कुमारले ग्यास भर्न प्रयोग गरेको हाइड्रोजनको सिलिन्डर प्रहरीले बरामद गरेको छ ।