एजेन्सी । फिल्मअघि लामो विज्ञापन देखाएपछि एक फिल्म हललाई १ लाख २० हजार जरिवाना गरिएको छ ।
आफ्नो समय खेर फालेको भन्दै भारतको बैंग्लोरका एक व्यक्तिले भारतीय ठूला सिनेमा चेनहरू पीभीआर आइनक्सलाई जरिवाना तिराएका हुन् ।
‘सामबहादुर’ फिल्म हेर्न गएका अभिषेक एमआरले आफ्नो २५ मिनेट समय खेर फालेको भन्दै ती मल्टिप्लेक्सविरुद्ध उपभोक्ता अदालतमा मुद्दा हालेका थिए ।
फिल्म चल्नुअघि लामो समय विज्ञापन देखाएर आफ्नो समय खेर फालेको भन्दै उनी अदालत पुगेका थिए ।
अदालतले हललाई १ लाख २० हजार भारु जरिवाना तिराएको छ । अभिषेक एमआरले डिसेम्बर २६, २०२३ मा विक्की कौशल स्टारर फिल्म हेरेका थिए ।
न्यायाधीश एम शोभा, अनिता शिवकुमार र सुमा अनिलको संयुक्त इजलासले हलविरुद्धको आदेशमा दर्शकको समयलाई सम्मान गर्न भनेको छ ।