एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल वेस्ट ह्यामसँग पराजित भएको छ ।
गएराति भएको खेलमा वेस्ट ह्यामले आर्सनललाई एक गोलले पराजित गरेको हो । उसका जारोड बोवेनले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
अङ्कतालिकामा दोस्रो स्थानमा रहेको आर्सनलले हारसँगै शीर्षस्थानको लिभरपुलसँग अङ्कको अन्तर घटाउने मौका समेत गुमाएको छ ।
दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अङ्क छ । शीर्ष स्थानको लिभरपुलको समान २६ खेलमा ६१ अङ्क छ ।