Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लेवनानलाई सान्त्वना जित

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लेवनानलाई सान्त्वना जित

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । फोर नेसन्स कप च्याम्पियनसिप फुटबलमा लेबनानले सान्त्वना जित निकालेको छ ।

लिग चरणको अन्तिम दिनको पहिलो खेलमा लेवनानले किर्गिस्तानलाई २/० ले हराउँदै सान्त्वना जित निकालेको हो।

किर्गिस्तान भने प्रतियोगितामा जितविहिन रह्यो। पहिलो हाफको १३ औं मिनेटमा क्रिस्टि मालोफको गोलमा लेवनानले अग्रता बनाएको हो।

२२ औं मिनेटमा मिडफिल्डर मया रोज महान्नाले डिफेन्डरलाई बिट गर्दै अग्रतालाई दोब्बर बनाएकी हुन्। पहिलो हाफमा २–० को अग्रता बनाएको लेवनानले दोस्रो हाफमा भने कुनै पनि गोल थप्न सकेन।

खेलको ५० औं मिनेटमा किर्गिस्तानले राम्रो मौका बनाए पनि गोलमा भने परिणत गर्न सकेन। त्यसको ४ मिनेट पश्चात लेवनानकी लिली स्कान्डाले ३५ यार्डबाट हानेको बल क्रस बारमा लाग्दै बाहिरियो।

खेलको दोस्रो हाफमा किर्गिस्तानको खेल निकै सुधारिएको देखियो। किर्गिस्तानकी गोलरक्षक डेलनुरा अबिवुल्लाको उत्कृष्ट बचावले लेवनानलाई दोस्रो हाफमा भने गोल गर्ने मौका बनेन।

आजको दोस्रो खेल नेपाल र म्यानमारबीच हुनेछ। नेपाल र म्यानमार बीचको खेल आज साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077