काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दै छ ।
दशरथ रंगशालामा सुरु हुने खेलका लागि नेपालले अघिल्लो खेलबाट तीन परिवर्तन गर्दै प्लेइङ ११ सार्वजनिक गरिएको छ ।
कप्तान एन्जिला सुब्बासहित तीन खेलाडी बेन्चमा छन् ।
अघिल्लो खेलबाट एन्जिला, बिमला चौधरी र रेखा पौडेल बेन्चमा रहँदा अन्जना रानामगर, रश्मीकुमारी घिसिङ र सरु लिम्बु पहिलो रोजाइमा खेल्न लागेका हुन् ।
कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ ।हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् ।