Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अछाम राष्ट्रपति रनिङ शिल्ड : चौरपाटीलाई 'होम ग्राउन्ड'मै धक्का, मंगलसेनलाई 'शिल्ड' !

अछाम राष्ट्रपति रनिङ शिल्ड : चौरपाटीलाई 'होम ग्राउन्ड'मै धक्का, मंगलसेनलाई 'शिल्ड' !

आइतवार , फाल्गुण ११, २०८१

अछाम । १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकाले हात पारेको छ ।

चौरपाटी गाउँपालिकाको खेल मैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मंगलसेनले ७ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै शिल्ड कब्जा गरेको हो ।

पञ्चदेवल बिनायक नगरपालिका ५ स्वर्ण, ६ रजत र ५ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो भने साँफेबगर नगरपालिकाले ४ स्वर्ण, ५ रजत, र ४ कास्य पदक जितेर तेस्रो स्थान प्राप्त गर्‍यो ।

यस वर्षको प्रतिस्पर्धामा रामारोशन गाउँपालिका ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित चौथौ स्थानमा रह्यो । यस्तै तर्माखाद गाउँपालिकाले (२ स्वर्ण, ० रजत, ३ कास्य), मेल्लेख गाउँपालिका (२ स्वर्ण, १ रजत, ५ कास्य), कमलबजार नगरपालिका (२ स्वर्ण, १ रजत, ५ कास्य), चौरपाटी गाउँपालिका (१ स्वर्ण, २ रजत, २ कास्य) लगायतका पालिकाहरूले पनि पदक जितेका छन् ।

ढकारी गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकाले समान १/१ कास्य पदक जित्दै प्रतियोगितामा आफ्नो उपस्थिति जनाएका छन् ।

यता होम ग्राउन्डमा घरेलु दर्शकको साथ सहयोग रहेपनि चौरपाटीले राम्रो प्रदर्शन गर्न सकेन । गाउँपालिकामै प्रतियोगिता आयोजना भएपछि यहाँका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने अपेक्षा थियो ।

तर अपेक्षा भन्दा उल्टो नतिजा आएको छ ।चौरपाटीलाई अविरल बोगटी ट्रीपल जम्पमा स्वर्ण पदक दिलाए । उनले ११.७१ मिटर जम्प गरेका थिए ।

प्रतियोगितामा जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेलकुदमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077