काठमाडौं । चार राष्ट्र सम्मिलित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ ।
आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई–दुई गोलको बराबरीमा सकिएको हो ।
म्यानमारका लागि म्यात नो खिन र मे लुले गोल गरिन् भने नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारीले गोल गरिन् ।
यी दुबै टोलीबीच फाइनल खेल बुधबार हुनेछ ।