एजेन्सी । इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
गएराति लिभरपुलले सिटीलाई उसकै घरमा २-० गोलले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सालाह र डोमिनिक जोबोस्लाइले गोल गरे ।
सालाहले १४ मिनेटमा र जोबोस्लाईले ३७ मिनेटमा गोल गरे ।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ।